सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त – Nepal Press

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा शर्मा नियुक्त

काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई सीइओमा नियुक्त गरेको हो ।

बैंकका पूर्व सीइओ जनकराज पौडेलले राजीनामा दिएपछि शर्मालाई नियुक्त गरिएको हो । शर्मा यस अघि माछापुच्छ्रे बैंकमा सीइओ थिए ।

बैंकिङ क्षेत्रका विभिन्न विषयमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवसाथापनमा उत्कृष्ट मानिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर