प्रचण्ड–माधवलाई कमल थापाको चेतावनीः आफूले पालेको बाघले आफैंलाई नखाओस् – Nepal Press

प्रचण्ड–माधवलाई कमल थापाको चेतावनीः आफूले पालेको बाघले आफैंलाई नखाओस्

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ‘आफूले पालेको बाघले आफैंलाई नखाओस्’ भन्दै चेतावनी दिएका छन् ।

संसद विघटनविरुद्ध सडक आन्दोलनसँगै न्यायिक निरुपण खोजिरहेका नेताद्वयलाई अध्यक्ष थापाले विगतमा गरेको गल्तीको सजायँ आफैंले भोग्नुपर्ने संकेत गर्दै चेतनावनीमूलक अभिव्यक्ति दिएका हुन् ।

विगतमा विभिन्न न्यायिक निकाय र राज्य संयन्त्रमा आफ्ना मान्छे राख्ने गलत परम्पराका कारण न्याय नपाउने भन्दै सडक संघर्षको अर्थ नभएको उनको बुझाई छ । शनिबार बिहान ट्वीट गर्दै थापाले अरुलाई खउन पालेको बाघले एकदिन आफैं खानेप्रति सचेत हुन पनि प्रचण्ड–माधवलाई आग्रह गरेका छन् ।

‘२०६३सालपछि कंग्रेस–कम्युनिष्टले न्यायपालिकालगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन्। त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ’, ट्वीट गर्दै उनले भनेका छन्, ‘अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैंलाई खानसक्छ भने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड–नेपाललाई भएकै होला !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर