आइतबार ९ सय संक्रमित थपिए, १३ जनाको मृत्यु – Nepal Press

आइतबार ९ सय संक्रमित थपिए, १३ जनाको मृत्यु

१४ सय संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार मुलुकमा ९ सय ११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ११ हजार ०१८ वटा नमूना (पीसीआर ७,८७८ र एन्टीजेन ३,१४०) परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १३ जनाको मृत्यु भएको छ भने १४ सय २३ जना डिस्चार्ज भएका छन् ।

गत २४ घण्टामा १० हजार ४४९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

हालसम्म मुलुकमा २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने १० हजार ९४९ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म आईसीयूमा ४५४जना, भेन्टिलेटरमा १४० जना, होम आइसोलेशनमा २५,१७१ जना, संस्थागत आइसोलेशनमा १,५८६ र क्वारेन्टाइनमा ३२१ जना रहेको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ८.२ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर