१८ अमेरिकी जासूसी एजेन्सीको निष्कर्ष : कोरोनाभाइरस जैविक हतियार होइन – Nepal Press

१८ अमेरिकी जासूसी एजेन्सीको निष्कर्ष : कोरोनाभाइरस जैविक हतियार होइन

वासिङ्टन । अमेरिकी जासूसी निकायहरुले महिनौं लामो अध्ययन र अनुसन्धानपछि पनि कोरोनाभाइरसको उत्पति प्रयोगशाला वा प्राकृतिकरुपमै पैदा भएको भन्ने निक्र्यौल गर्न असमर्थ भएका छन् ।

१८ वटा अमेरिकी जासूसी निकायले प्रस्तुत गरेको साझा प्रतिवेदनमा कोरोनाभाइरस जैविक हतियार नरहेको निष्कर्ष निकालिएको छ । विज्ञहरुले कोरोनाको सुरुआती प्रमाणहरु एकीकृत गर्ने समय निकै घर्किइसकेको समेत चेतावनी दिएका छन् ।

तर, चिनियाँ विदेश मन्त्रालयले अमेरिकी जासूसी निकायको उक्त प्रतिवेदनलाई विज्ञान विरोधी भन्दै विरोध गरेका छन् । अमेरिकी नेसनल इन्टिलेजेन्स निर्देशक कार्यालयको उक्त प्रतिवेदनले कोरोना उत्पतिको बारेमा विज्ञहरु विभाजित भएको जनाएको छ ।

प्रतिवेदनका अनुसार थुप्रै नाम उल्लेख नगरिएका एजेन्सीहरु कोरोनाभाइरस जनावरबाट मानिसमा सरेको हुनसक्नेमा एकमत थिए । तर, यो दाबीमा उनीहरु आत्मविश्वास महसुस भएनन् ।

अन्य एजेन्सीले चाहिँ वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको प्रयोगशालाबाट मानिसमा भाइरस सरेको हुनसक्ने बताएका छन् । यो प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले भाइरस उत्पतिको बारेको अध्ययनमा सहयोग नगरेको भन्दै चीनको आलोचना गरेका छन् ।

‘विश्व यसको जवाफ चाहन्छ । हामीले यसको उत्तर नपाएसम्म रोकिनेछैनौं’ बाइडेनले भने । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानदेखि सुरु भएको महामारीको कारण ४.५ मिलियन मानिसको मृत्यु भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर