काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्यरुपमा क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने – Nepal Press

काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्यरुपमा क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्यरुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने भएको छ । निषेधाज्ञा (लकडाउन) अवधीभर काठमाडौं आउने व्यक्तिले उक्त नियम पालना गर्नुपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले कोरोनाभाइरसको जोखिम न्यूनीकरण गर्न उपत्यकाबाहिरबाट आउने व्यक्तिको हकमा यस्तो नियम लागु गरेका हुन् ।

उपत्यका कोरोनाभाइरसको हटस्पट बनेपछि तीनै जिल्लाका प्रशासनले यस्तो निर्णय गरेका हुन् । काठमाडौंमा सोमबार एकैदिनमा १५ सयभन्दा बढी संक्रमित भेटिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर