आज काठमाडौंमा यी केन्द्रमा लगाइँदैछ चिनियाँ खोपको पहिलो डोज – Nepal Press

आज काठमाडौंमा यी केन्द्रमा लगाइँदैछ चिनियाँ खोपको पहिलो डोज

काठमाडौं । चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउने क्रम आज पनि जारी छ । 

निजामति अस्पताल मीनभवन, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरमा मात्र चिनियाँ खोप लगाइने जनाएको छ। त्यस्तै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौं मेडिकल कलेज सिनामंगल, र हिमाल अस्पताल ज्ञानेश्वरमा खोप लगाउन सकिने बताइएको छ।

त्यसैगरि, वीर अस्पताल महाबौद्ध, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन सकिने बताइएको छ।


प्रतिक्रिया

One thought on “आज काठमाडौंमा यी केन्द्रमा लगाइँदैछ चिनियाँ खोपको पहिलो डोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर