छोटो समयमै उपभोक्ताको मन जित्न सकेको टुना टेक्नोलोजीको दाबी – Nepal Press

छोटो समयमै उपभोक्ताको मन जित्न सकेको टुना टेक्नोलोजीको दाबी

रुपन्देही । आईटी सफ्टवेयर सेवा दिँदै आएको टुना टेक्नोलोजी छोटो समयमा उपभोक्ताको मुख्य रोजाईमा पर्न थालेको छ । व्यवसायिक संस्थाहरुलाई आवश्यक पर्ने सफ्टवेयर, वेबसाइड तथा सूचना प्रविधि सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले २०७८ मा स्थापना भएको कम्पनीले गुणस्तरीय सेवाबाट धेरै उपभोक्ताको मन जित्न सफल भएको जनाएको छ। करीब १० करोड रुपैयाँ लागतमा स्थापित भएको कम्पनीले २५ जना कर्मचारीहरुले रोजगार दिएको र काठमाडौं तथा अष्ट्रेलियाको सिड्नीमा शाखा कार्यालय राखेको छ ।

कम्पनीका अध्यक्ष गणेशचन्द पोखरेलले आईटी सेक्टरको कम्पनी लुम्बिनी प्रदेशमा स्थापित भएर सेवा दिँदै आएको र दक्ष युवाहरुलाई स्वदेशमा टिकाउने तथा आईटी अध्ययन गरेका विद्यार्थीहरुलाई ईनहाउस ईन्टेसिभ गराउने काम गर्दै आएको बताए । सफ्टवेयर सुरक्षामा विशेष ध्यान दिएको उनले दाबी गरे ।

प्राविधिक टिम प्रमुख सर्वजित मिश्राले विश्वमा नै मान्यता प्राप्त डाटा सेन्टर प्रयोग भएको बताए । नेपालभित्र नै सबै ग्राहकको डाटा सुरक्षित हुने भन्दै आफ्नै डाटा सेन्टर बनाउन ठूलो रकम खर्च हुने भएकाले अहिले नै सम्भव नरहेपनि भविष्यमा हुनसक्ने बताए । प्लाटफर्म नै सरक्षित भएकाले ह्याकिङ, स्क्यामको सम्भावना नरहेको भन्दै ग्राहकलाई समेत आवश्यक तालिमहरु दिँदै आएको उनले बताए ।

कम्पनीका सिईओ राजीव गौतमले व्यक्तिगत र व्यवसायिक दुबै प्रकारका एकाउन्ट बनाएर सेवा दिँदै आएको बताए । कम्पनीको मुख्य ३ वटा सफ्टवेयरहरु टुना ईआरपी, एचएमएस र साझा मेनु बजारमा लन्च भैसकेको छ । विशेषगरी बजारको माग अनुसार उत्पादन, होटल म्यानेजमेन्ट र डिजिटल मार्केटिङ गरी फरकफरक क्षेत्रका सफ्टवेयर चलेको छ ।

डाटा सेन्टर र आन्तरिक कनेक्सन गर्ने काम चलेको छ । सर्भर विदेशीको लिनुपर्ने बाध्यता रहेको छ । टुनाले बजारमा सर्भिस र बजारीकरणको दुई वटा बाहिरी संरचना रहेको उनले बताए । यसैगरी भित्री रुपमा समेत सफ्टवेयर निर्माणको आफ्नो दक्ष जनशक्ति निरन्तर लाग्दै आएको गौतमको भनाइ छ । बजार प्रतिनिधि तयार गरेर मागअनुसारको उत्पादन गर्ने र सरकारी कार्यालयमा समेत सेवा दिँदै आएको उनले बताए । यो क्पनीमा यस क्षेत्रमा स्थापित व्यवसायी धुव न्यौपाने, ई. प्रदिप भण्डारी, जीवन कुँवर, दुर्गा भण्डारी संचालक रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *