रुपन्देहीमा नेविसंघले खाता खोल्यो, जनता कलेज छपियामा प्यानल नै विजयी – Nepal Press

रुपन्देहीमा नेविसंघले खाता खोल्यो, जनता कलेज छपियामा प्यानल नै विजयी

रुपन्देही । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रुपन्देहीमा नेविसंघले जित निकालेर आफ्नो खाता खोलेको छ । रुपन्देहीको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी भएको नेविसंघ रुपन्देही सभापति शमशेर खड्काले जानकारी दिएका छन् ।

नेविसंघबाट सभापति पदका उम्मेदार अभिषेक कुमार यादव, सचिव मुकेश नाउ, कोषाध्यक्ष विजयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन गुराव, सरिता मल्लाह, दिपेन्द्र थारु र आशिष जैसवाल विजयी भएको खड्काले बताए ।

यहाँ अनेरास्ववियु र नेविसंघ एकल निर्वाचनमा गएका थिए । अनेरास्ववियुका नेता बालकृष्ण पाण्डेले आफ्नो संगठनको पहिलो उपस्थिति भएपनि निर्वाचनमा सहभागिता जनाएको र स्वस्थ प्रतिस्पर्धामा गएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर