प्रधानमन्त्री प्रचण्डले वैशाख पहिलो साताभित्र भारत भ्रमण गर्ने – Nepal Press

प्रधानमन्त्री प्रचण्डले वैशाख पहिलो साताभित्र भारत भ्रमण गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख पहिलो सातामा भारतको भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्री बनेको तीन महिनापछि प्रचण्डको राजकीय भारत भ्रमण वैशाखमा हुने तय भएको हो । भारतले प्रधानमन्त्री प्रचण्डलाई वैशाख पहिलो साताभित्र भ्रमणको संकेत गरेको हो ।

श्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भ्रमण अप्रील महिनाको मध्यमा हुने भएको हो । चैत ६ गते विश्वासको मत लिएपछि नयाँ औपचारिक सत्ता समीकरणको प्रधानमन्त्रीको रूपमा प्रचण्ड भारत जानेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *