प्रेस स्वतन्त्रता सेनानी पोखरेलको मृत्यु – Nepal Press

प्रेस स्वतन्त्रता सेनानी पोखरेलको मृत्यु

रुपन्देही । रुपन्देहीका अग्रज पत्रकार बसन्त पोखरेलको ६८ वर्षको उमेरमा मंगलबार बिहान मृत्यु भएको छ । लामो समयदेखि रुपन्देहीमा रहेर पत्रकारिता गर्दै आएका पोखरेलको मंगलबार बिहान बुटवल १३ बेलबासस्थित आफ्नै निवासमा मृत्यु भएको हो ।

बुटवल टुडेमा स्थापनाकालदेखि सम्पादकको भूमिका निर्वाह गर्दै हाल सम्पादक सल्लाहकार रहेका पोखरेल केही दिनअघि घरमै लडेर सामान्य घाइते भएको र मंगलबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । पोखरेलका श्रीमती, दुई छोरा एक छोरी छन् ।

पोखरलेको निधनले पत्रकारितामा नै ठूलो क्षति पुगेको भन्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेल,बुटवल टूडे राष्ट्रिय दैनिकका प्रबन्ध सम्पादक नवराज कुँवर लगाएतले दुःख व्यक्त गरेका छन् । पत्रकार महासंघ रुपन्देहीका पूर्वउपाध्यक्ष पोखरेल नेपाल पत्रकार महासंघले प्रदान गर्ने प्रेस स्वतन्त्रता सेनानी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *