गर्मी अत्यधिक बढेपछि वीरगञ्जका विद्यालयहरु थप २० दिनका लागि बन्द – Nepal Press

गर्मी अत्यधिक बढेपछि वीरगञ्जका विद्यालयहरु थप २० दिनका लागि बन्द

जनकपुरधाम । गर्मी बढ्दै गएका कारण वीरगञ्ज महानगरपालिकाले थप २० दिनका लागि विद्यालयमा बिदा दिएको छ ।

महानगरपालिकाका शिक्षा अधिकृत दिपक राउतले विद्यालय साउन १ गतेदेखि २० गतेसम्म विदा दिएको सूचना जारी गरेका छन् । शैक्षिक क्यालेण्डर संशोधन गरी साउन १ गतेबाट विद्यालय बन्द गरेको उनले बताएका छन् ।

अत्याधिक गर्मीको कारणले बाल बालिकाहरुमा पर्न जाने प्रतिकुलतालाई मध्य नजर गर्दै असार २९ गतेदेखि ३१ गतेसम्म विदा दिएको थियो ।

तर गर्मी अझै बढेपछि शैक्षिक क्यालेण्डरमा साउन ८ गतेबाट वर्षे विदा दिने उल्लेख भएकाले सोलाई संशोधन गरिएको छ ।

विद्यालयको प्रशासनिक कामकाज भने सुचारु रहनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर