ढिलो चाँडो नेपाल पनि श्रीलंकाको अवस्थामा पुग्छ : नारायणकाजी श्रेष्ठ – Nepal Press

ढिलो चाँडो नेपाल पनि श्रीलंकाको अवस्थामा पुग्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले ढिलो वा चाँडो नेपाल पनि श्रीलंकाको अवस्थामा पुग्ने दाबी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्ना धारणा प्रस्तुत गर्दै यस्तो बताएका हुन् । नेपाल अहिले श्रीलंकाको अवस्थामा पुगी नसकेको भए पनि निष्ठा, विचार र स्वार्थी राजनीतिको बाटोले ढिलो चाँडो श्रीलंकाको अवस्थामा पुर्‍याउने उनले ट्विट गर्दै दाबी गरेका हुन् ।

यसबाट सबैले सचेत हुनुपर्ने र समयमा सबैले सामूहिक एव संगठित पहल गर्नुपर्ने उनको भनाई छ ।

उनले लेखेका छन्, ‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौँ । यो सही नै हो । तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, बिचार (सिद्धान्त एवं मूल्यविहीन भ्रष्ट) स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थ वादले ढिलो वा चाँडो,एउटा वा अर्को रूपमा पुर्‍याउने त्यतै हो । सचेत होऔँ र समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामूहिक एवं संगठित प्रयत्न गरौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर