जानकी जन्मोत्सवका अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा – Nepal Press

जानकी जन्मोत्सवका अवसरमा मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मुख्यमन्त्रीले जारी गरेको विज्ञप्तिमा मधेस प्रदेशलाई लेखियो ‘प्रदेश २’

जनकपुरधाम । मधेस सरकारले माता जानकीको जन्मोत्सव अर्थात जानकी नवमीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्तिमार्फत आज प्रदेशमा सार्वजनिक बिदा दिएको जानकारी गराएका हुन् । जानकी नवमीको अवसरमा उनले शुभकामना पनि दिएका छन् ।

जानकी नवमीले धार्मिक आस्थाका साथै जनकपुर र प्रदेशको गरिमालाई समेत विश्व स्तरमा स्थापित गर्ने भएको हुँदा यस पर्वको गरिमाको संरक्षण, सम्बर्द्धन र प्रचार प्रसारमा प्रदेश सरकार हरसम्भव प्रतिबद्ध रहँदै आएको मुख्यमन्त्री राउतले उल्लेख गरेका छन् ।

मुख्यमन्त्री राउतले जारी गरेको विज्ञप्तिमा भने गम्भीर त्रुटी भेटिएको छ । उनले मधेस प्रदेश हुनुपर्नेमा ‘प्रदेश २’ लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *