माओवादी नेता पुन ९८ दिनपछि डिस्चार्ज, महासचिव बन्न नेपाल आउँदै – Nepal Press

माओवादी नेता पुन ९८ दिनपछि डिस्चार्ज, महासचिव बन्न नेपाल आउँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन तीन महिना भन्दा लामो अवधि स्वास्थ्य उपचारपछि आज डिस्चार्ज भएका छन् ।

९८ दिनपछि पुन आज चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएको अनेरास्ववियू क्रान्तिकारीका नेता दिपेश पुनले बताएका छन् ।

जण्डिस संक्रमणका कारण पुन थाइल्याण्डमा उपचारका लागि गएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई एयर एम्बुलेन्सबाट चीन लगिएको थियो ।

उनी तीन दिनपछि नेपाल आउने बताइएको छ । पुनकै आग्रहमा नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन प्रक्रिया रोकिएको छ । पुन पार्टी महासचिवको प्रमुख दाबेदार हुन् ।

पार्टीभित्र देशब्यापी पकड भएका नेता पुन विरामी परेर विदेशमा उपचार गराइरहेका बेला उनी निकट कार्यकर्ताहरुमाथि अन्याय भएको भन्दै गुनासो बढिरहेका बेला माओवादी पदाधिकारी छान्ने बैठक उनकै आग्रहमा तीन दिन रोकिएको छ ।

जनसंगठनका अध्यक्षदेखि केन्द्रीय समितिमा समेत पुन निकट प्रभावशाली युवाहरु पाखा पारिएका छन् । यो विषयलाई प्रचण्ड समक्ष गम्भीर रुपमा उठाइने निकट नेताहरुले बताएका छन् ।

हालै केन्द्रीय समितिमा जनार्दन शर्माका भाइ अनिल शर्मा लगायत पर्दा शर्मालाई अखिल क्रान्तिकारीको अध्यक्षमा पराजित गर्ने रन्जित तामाङ र उनीभन्दा अघिका अध्यक्ष रमेश मल्ल लगायत नपरेकोमा अशन्तुष्टी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर