पाँच देशका गैरआवासीय राजदूतले बुझाए ओहदाको प्रमाणपत्र – Nepal Press

पाँच देशका गैरआवासीय राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौं । पाँच मुलुकका गैरआवासीय राजदूतहरुले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

सिंगापुरका राजदूत सिमोन वङ वाइ कुएन, न्यूजिल्यान्डका राजदूत डेभिड ग्रेगोरी पाइन, होली सीका राजदूत मस्ट रेभिरेन्ड लियोपोल्डो गिरेल्ली, टर्कीका राजदूत फिरट सुनेल र रोमानियाकी डेनिला मारियाना सेजेनोभ तेनीले प्रमाणपत्र बुझाएका हुन् ।

राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरुमा राजदूतहरुले ओहदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा परराष्ट्रमन्त्री नारायण खड्काको उपस्थिती थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर