जहाज चढ्न लागेका ३२ नेपालीलाई काबुल एयरपोर्टमै रोकियो, दुईजनालाई फर्कन अनुमति – Nepal Press

जहाज चढ्न लागेका ३२ नेपालीलाई काबुल एयरपोर्टमै रोकियो, दुईजनालाई फर्कन अनुमति

काठमाडौं । कागजात नपुगेको भन्दै अफगान अधिकारीले स्वदेश फर्कन लागेका नेपालीलाई काबुल विमानस्थलमा रोकेका छन् ।

घर फर्कने भन्दै ३४ नेपाली काबुल एयरपोर्टमा पुगेका थिए तर २ जनालाई मात्र फर्कने अनुमति दिइयो । ती दुईजना नेपाली काठमाडौं आइपुगेका छन् । बाँकी ३२ जना काबुलमै रोकिएका छन् ।

काबुलस्थित हमिद कारजाइ विमानस्थलमा दिउँसोभर राखेर रोकिएका ती नेपालीलाई त्यहाँस्थित राष्ट्रसंघीय कार्यालयको हातामा लगेर राखिएको छ । राष्ट्रसंघीय कार्यालयलाई ग्रीनजोन मानिन्छ ।

राष्ट्रसंघलाई सुरक्षागार्ड उपलब्ध गराउने बेलायती कम्पनी आइडीजीले उनीहरुलाई एयरपोर्टबाट फर्काएको हो । स्रोतका अनुसार ती ३४ जना नेपाली पूर्वसैनिकलाई इरानको तेहरान हुँदै काठमाडौं ल्याउने योजना थियो ।

उनीहरुसहित राष्ट्रसंघ कार्यालयमा कार्यरत ८५ जना नेपाली सुरक्षाकर्मीलाई पनि बिदामा काठमाडौं ल्याउने योजना थियो । उद्दारमा ल्याउन लागिएका नेपालीहरु पाँचदेखि १८ महीनाअघिदेखि बेरोजगार भएकाहरु छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर