भारतीय सेनाको जम्बो टोली जोमसोममा, मुक्तिनाथ दर्शनपछि आज काठमाडौं फर्कने – Nepal Press

भारतीय सेनाको जम्बो टोली जोमसोममा, मुक्तिनाथ दर्शनपछि आज काठमाडौं फर्कने

काठमाडौं । भारतीय सेनाको एक टोली हिमालपारिको जोमसोम पुगेको छ । भारतीय सेनाका रियर एड मिरल धिरेन भिकको नेतृत्वमा ३५ जनाको सैनिक टोली आज बिहान नेपाली सेनाको २ वटा हेलिकोप्टरमार्फत मुस्ताङ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक रामकुमार दानीका अनुसार भारतीय सैनाको उक्त टोलीले मुक्तिनाथ दर्शन तथा घरपझोङ-५ कैसाङस्थित सैनिक उच्चशिखर शिक्षालयको अवलोकन गर्ने कार्यक्रम छ ।

दिल्लीस्थित नेसनल डिफेन्स कलेजमा संञ्चालित ‘नेशनल डिफेन्स’ कोर्समा सहभागी भारतीय सेनाको टोली यसैसाता नेपाल आइपुगेको हो । काठमाडौंमा उनलाई सेनापति प्रभुराम शर्माले स्वागत गरेका थिए ।

भारतीय सेनाको उक्त टोली मुक्तिनाथ र कैसाङ क्याम्पको अवलोकन गरेर आजै काठमाडौं फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर