रञ्जित रेको पुस्तक नेपालमा विवादित : निधी र सिलवालद्वारा आइजीपी नियुक्तीमा राय नमागेको स्पष्टोक्ती – Nepal Press

रञ्जित रेको पुस्तक नेपालमा विवादित : निधी र सिलवालद्वारा आइजीपी नियुक्तीमा राय नमागेको स्पष्टोक्ती

पूर्वभारतीय राजदूत रञ्जित रेको पुस्तक ‘काठमाडौं डिलेमा रिसेटिङ इन्डिया-नेपाल टाइज’ नेपालमा विवादित बनेको छ । पुस्तकका कतिपय तथ्यलाई लिएर उनी काठमाडौंमा कूटनीतिज्ञ रहँदा ताकका नेपाली गृहमन्त्री र प्रहरी अधिकारीहरुले असहमति जनाएका छन् । आइजीपी नियुक्तिमा आफूसँग भेटेर सुझाव मागिएको भन्ने पुस्तकमा उल्लेखित तथ्यलाई उनीहरुले गलत भनेर टिप्पणी गरेका छन् ।

तत्कालिन गृहमन्त्री तथा कांग्रेस उपसभापति विमलेन्द्र निधीले आइजीपी नियुक्तिका लागि आफूले भारतीय राजदूतसँग रायसुझाव नमागेको ट्वीट गरेका छन् । उनी लेख्छन् : म गृहमन्त्री हुँदा आइजीपी नियुक्तिका लागि भारतीय राजदूत वा कुनै राजदूतसँग रायसुझाव मागेको थिइँन, माग्ने कुरा पनि होइन । यस्तो निराधार लेखाइप्रति घोर आपत्ति व्यक्त गर्दछु ।’

यस्तै, पूर्वडिआईजी तथा नेकपा एमालेका नेता नवराज सिलवालले नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेसँग आफूले कहिल्यै नभेटेको बताएका छन् । अफिसियल मिटिङ र समारोहभन्दा वाहेक व्यक्तिगत विषयलाई लिएर आफूले कहिल्यै नभेटेको उनको स्पष्टोक्ति छ । सिलवालले ट्वीटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

सिलवालले लेखेका छन् : पुस्तकमा गलत तथ्य उल्लेख भएकोमा दुःख व्यक्त गर्न चाहन्छु । अफिसियल मिटिङ र समारोहवाहेक व्यक्तिगत विषयलाई लिएर मैले भारतीय राजदूतलाई कहिल्यै नभेटेको तथ्य सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर