ब्याक टु लाइफको सहयोगमा सिन्धुलीको गोलन्जरमा अस्पताल भवन निर्माण सुरु – Nepal Press

ब्याक टु लाइफको सहयोगमा सिन्धुलीको गोलन्जरमा अस्पताल भवन निर्माण सुरु

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । आज गाउँपालिकाको ग्वाल्टार हेल्थपोस्ट परिसरमा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ।

उक्त अस्पताल भवनको शिलान्यास गाउँपालिका प्रमुख शंकरराज बराल, ब्याक टु लाइफका निर्देशकद्वय डिकेन्द्र ढकाल र अच्युत प्रसाद पौडेलले संयुक्त रूपमा गरेका हुन् ।

ब्याक टु लाइफ इ भि जर्मनी नामक अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको ६ करोड ७६ लाख रुपैंया बराबरको लागतमा अस्पताल निर्माण सुरु गरिएको छ।

यस परियोजनाका स्थानीय साझेदार संस्था समुदाय पद्धति विकास सेवा नामक गैर सरकारी संस्थाका परियोजना ओभरसियर करण कार्कीका अनुसार नेपाल सरकारले तोकेको ५ शैया अस्पताल भवनको मापदण्ड अनुसार डिजाइन गरिएको छ।

निर्माण थालनी गरिएको अस्पताल भवनको निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने गरी काम सुरु गरिएको ब्याक टु लाइफका मेनेजर अनुप पौडेलले जानकारी दिए। पालिका प्रमुख बरालले भवन निर्माणपछि उक्त अस्पताललाई आवश्यक पर्ने उपकरण जडान गरी गोलन्जोर गाउँपालिकालाई हस्तान्तरण हुने र गाउँपालिकाले अस्पताललाई सञ्चालन गर्ने जानकारी गराए।

पालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले यस अस्पताल भवन सम्पन्न भएपश्चात् यस बिकट क्षेत्रको स्वास्थ्य सेवामा महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *