ललितपुरको ताल्छिखेलबाट २३२ ग्राम ब्राउन सुगरसहित एक पक्राउ – Nepal Press

ललितपुरको ताल्छिखेलबाट २३२ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

काठमाडौं। ललितपुरको ताल्छिखेलबाट २ सय ३२ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाँचथरको फालेलुङ-५ का ३५ वर्षीय राजु थाम्सुहाङ रहेका छन् ।

प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनी कारोबारी भएको प्रहरीको दावी छ ।

प्रहरीले थाम्सुहाङको साथबाट एक लाख ८० हजार नगद र डिजिटल तराजु पनि बरामद गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर