आर्सनल र म्युनिख बराबरीमा रोकिए – Nepal Press

आर्सनल र म्युनिख बराबरीमा रोकिए

हेटौंडा । युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा इङ्लिस क्लब आर्सनल र जर्मन क्लब ब्रायन म्युनिखले बराबरी खेलेका छन् ।

आर्सनलको घरेलु मैदानमा भएको खेलको सुरुवाती अग्रता घरेलु टोलीले लिएको थियो । खेलको १२ औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाइ १–० को अग्रता दिलाएका थिए ।

तर त्यसको ६ मिनेटपछि म्युनिखले बराबरी गोल फर्कायो । म्युनिखका लागि सर्ज गानाब्रीले गोल गर्दै म्युनिखलाइ १–१ को बराबरिमा लगे । खेलको ३२ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै म्युनिखले अग्रता लियो । उसको लागि स्टार खेलाडी ह्यारी केनले गोल गरे ।

पहिलो हाफ २–१ ले पछि परेको घरेलु टिमले खेलको ७६ औं मिनेटमा गोल फर्काउन सफल बन्यो । लिआन्ड्रो ट्रोसर्डले गोल गरेपछि आर्सनल आफ्नै घरमा हारबाट जोगियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *