स्थानीय तहको उपचुनाव मंसिरअघि नै गर्न सकिन्छः उपप्रधानमन्त्री लामिछाने (भिडिओ) – Nepal Press

स्थानीय तहको उपचुनाव मंसिरअघि नै गर्न सकिन्छः उपप्रधानमन्त्री लामिछाने (भिडिओ)

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगामी मंसिरअघि नै स्थानीय तहको उपनिर्वाचन गर्न सकिने बताएका छन् ।

निर्वाचन आयोगको २०८१ सालको मंसिरमा उपनिर्वाचन गर्ने प्रस्तावप्रति उनले त्यसअघि पनि गर्न सकिने बताएका हुन् । आइतबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले मंसिरमा स्थानीय तहको उपचुनाव गर्न आयोगले गरेको प्रस्तावको अध्ययन गरेर आफूले आवश्यक निर्णय लिने बताए ।

उनले भने, ‘स्थानीय तहको उपनिर्वाचनको विषय अलिकति समय लाग्ने कुरा आएको छ । मंसिरमा सकिन्छ कि भन्ने प्रस्ताव छ । विभिन्न पाटोहरूमा अध्ययन गरेर त्यसै सेरोफेरोमा हामी निर्वाचन गर्नसक्छौ जस्तो लाग्छ । जटिलताहरु होलान् अध्ययन गर्नुपर्छ । तर छिट्टै गर्न सकिन्छ ।’

संघ र प्रदेशको उपचुनाव भने आगामी वैशाख १५ मा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर