कांग्रेस नेता चन्द्र भण्डारीले घोषणा गरे पार्टी सभापतिको दावेदारी – Nepal Press

कांग्रेस नेता चन्द्र भण्डारीले घोषणा गरे पार्टी सभापतिको दावेदारी

रूपन्देही ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले पार्टीको आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार भएको घोषणा गरेका छन् ।

आइतबार बुटवलमा पत्रकारसँग कुराकानी गर्दै नेता भण्डारीले आफू संसदीय दलको नेता र पार्टी सभापतिको उम्मेदवार भएको बताए ।

‘सधैं अरूलाई मात्रै बोकेर हिडेर भएन नि अब त मै सभापतिको उम्मेदवार हो, संसदीय दलको उम्मेदवार हो’उनले भने ।


प्रतिक्रिया

2 thoughts on “कांग्रेस नेता चन्द्र भण्डारीले घोषणा गरे पार्टी सभापतिको दावेदारी

  1. यी मनुवा आसे पासे र सामाजिक सन्जालमा मात्रै कुर्लने हुन् । दाजु भाउजूको अगाडि रुझेको बिरालो 👈️😂😅

  2. शेखरलाई नबनाउने र? गगन र विश्वप्रकाशले धेरै पछि पारिसके तपाई, धनराज, गुरु, बद्रि र जीवनलाई । विश्व र गगनलाई सभापति र संसदीय दलको नेता प्रस्ताव गर्नु र साइडमा बसेर सल्लाह दिनु । राजाीतिमा तपाई भन्दा युवा नआउने हो भने अरु पार्टीका युवाहरूले तपाईहरूलाई पछि पार्दिन्छन् अब ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर