एमाले सल्यानको अध्यक्षमा भिमबहादुर सेन विजयी – Nepal Press

एमाले सल्यानको अध्यक्षमा भिमबहादुर सेन विजयी

दाङ । नेकपा एमाले सल्यानको अधयक्षमा भिमबहादुर सेन निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी कुलबहादुर गिरीलाई ४३ मतले पछि पार्दै सेन अध्यक्षमा निर्वाचित भएका हुन् । पदाधिकारीमा सेनको प्यानल नै निर्वाचित भएको छ ।

उपाध्यक्षमा १९३ मतका साथ ओज बहादुर बुढाथोकी विजयी भएका छन् । उनका प्रतिस्पर्धी दानबहादुर केसीले १ सय २७ मत ल्याएका छन् ।

सचिवमा १७३ मतका साथ पुष्पा बुढाथोकी निर्वाचिच बनिन् । उनका प्रतिस्पर्धी दिपेन्द्रप्रकाश डिसीले १ सय ४३ मत पाएका छन् ।

उपचचिवमा गणेशमान सिंह १८० मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी गन्जमान बुढाले ११३ र महेश देवकोटाले १४ मत ल्याएका छन् । महिला उपसचिवमा सनशिलता वली डिसी १७३ मतका साथ विजयी भएकी छन् भने बुद्धकुमारी खत्रीले १४१ मत ल्याएकी छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर