कर्णालीमा विश्वासको मत लिने अडानमा मुख्यमन्त्री, एमाले भन्छ- केन्द्रको निर्देशनअनुसार माओवादीले बाटो खोल्नुपर्छ – Nepal Press

कर्णालीमा विश्वासको मत लिने अडानमा मुख्यमन्त्री, एमाले भन्छ- केन्द्रको निर्देशनअनुसार माओवादीले बाटो खोल्नुपर्छ

सुर्खेत । सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसार कर्णालीमा नेकपा (एमाले) ले मुख्यमन्त्रीको पद पाउने भएको छ । तर, सत्ता गठबन्धनका नेताहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएपछि कर्णालीमा माओवादी असन्तुष्ट देखिएको छ ।

प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई निर्देशन दिएका थिए ।

मुख्यमन्त्री शर्माले नै निरन्तर कर्णालीको नेतृत्व गर्ने पाउने अपेक्षा राख्दै आएका छन् । तर, सोमबार केन्द्रीय सहमति अनुसार कर्णालीमा एमालेले नेतृत्व गर्ने निर्णयमा भने असन्तुष्टि व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शर्माले भने मंगलबार विश्वासको मत लिने तयारी आइतबार प्रदेश सभामा पत्र दर्ता गराएका छन् । केन्द्रमा फरक सहमति भएपनि कर्णालीको नेतृत्व माओवादीले गर्नपर्छ भन्ने सोचमा रहेको नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक रनसिंह परियारले बताए । उनका अनुसार अहिलेसम्मको निर्णय अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिएर नै अगाडि जाने सहमति भएको जानकारी दिए ।

‘अरु छलफलका बिषयहरु अगाडि बढेको छैन,’ उनले भने,‘नेतृत्व विच यहि सम्बन्धमा केहि छलफल र निर्णय नभएसम्म यहीँ निर्णयलाई अगाडि बढाउने मुख्यमन्त्रीले भन्नू भएको छ । यदि केन्द्रको निर्णय अनुसार अघि बढ्ने हो भने पनि विश्वासको मत लिइसकेपछि मात्रै अघि बढ्ने छौं । संसदीय दललाई समस्या नै भएको छ । त्यो निर्णय पहिला नै दिन पथ्यो र यो निर्णयलाई समावेश गर भन्न पथ्यो । त्यो नभएर संसदमा पत्र दर्ता भइसकेको छ । पछिल्लो निर्णयमा सत्ता फेरबदल आइसकेपछि नैतिकताका हिसाबले पनि विश्वासको मत लिनुपर्ने बाध्यात्मक परिस्थिति छ।’

तर नेकपा एमालेले केन्द्रले जुन निर्णय गरेको छ मानेर जानुपर्नेमा अडान राख्दै आएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाइले विगतमा पनि केन्द्रले गरेका निर्णयहरु मानेर गएका थियो भने माओवादीले नाईनास्ति गरेर नहुने बताए ।

केन्द्रले जुन निर्देशन र निर्णय गरेको छ त्यो पालना गरेर मुख्यमन्त्री शर्माले आज अथवा भोलिसम्म निकास दिदै नै उपयुक्त हुन्छ उनले भने,‘ यदि केन्द्रको निर्णय विपरीत जानूहुन्छ भने हामीले भन्नू केही छैन् । बरु मुख्यमन्त्रीले राजीनामा दिई सहज वातावरण बनाउनुपर्छ ।’

एमालेलाई कर्णालीमा सरकार बनाउन नेकपा माओवादी केन्द्रको साथ पाए पर्याप्त बहुमत पुग्नेछ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेसँग सभामुखसहित १० र माओवादीसँग १३ जना सांसद रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर