कांग्रेसलाई रास्वपाको जवाफ- मिथ्या आरोपको भरमा संसदीय छानबिन समिति बनाउन सकिन्न (भिडिओ) – Nepal Press

कांग्रेसलाई रास्वपाको जवाफ- मिथ्या आरोपको भरमा संसदीय छानबिन समिति बनाउन सकिन्न (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले मिथ्या आरोपका भरमा गृहमन्त्रीको छानबिनका लागि संसदीय समिति गठन गर्न नसकिने प्रष्टीकरण दिएका छन् । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिनको माग गरिरहेको बेला परियारले जवाफ फर्काएका हुन् ।

आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले देशको प्रमुख पार्टीहरूमध्येको शीर्ष नेतालाई सहकारी प्रकरणमा मिथ्या आरोप लगाइएको भन्दै यसका आधारमा संसदीय छानबिन समिति गठन गर्न नसकिने प्रष्ट्याएका हुन् ।

‘यस विषयमा प्रधानमन्त्रीले नै संसदमा स्पष्ट पारिसक्नुभएको छ । स्वयं उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि यस विषयमा स्पष्ट पार्न तयार हुनुन्छ । कसैको राजनीतिक सांस्कृतिक अधिकारलाई संकूचित गर्न हुँदैन’, उनले भने ।

परियारले कांग्रेससँग निरन्तर सम्वादमा बसेर संसदमा भएको विरोधलाई टुंगोमा पुर्‍याउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर