चट्याङ लागेर दैलेखमा बालिकाको मृत्यु – Nepal Press

चट्याङ लागेर दैलेखमा बालिकाको मृत्यु

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका-६ तोरीमूलमा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।

शनिबार परेको चट्याङले १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए ।

चट्याङ लागेर घाइते भएकी शर्मिलालाई उपचार गर्न दुल्लु अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि प्रदेश अस्पताल सुर्खेत ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर