असिना पानीले हिउँदेबाली नष्ट – Nepal Press

असिना पानीले हिउँदेबाली नष्ट

सुर्खेत । सुर्खेतमा हावाहुरीसँगै परेको असिना पानीले किसानले लगाएको हिउँदेबाली नष्ट गरेको छ । सुर्खेतका विभिन्न पालिकाका साथै वीरेन्द्रनगरका ५,१२,१३,६, ७,९ वडा लगायतका ठाउँमा बाली सखाप बनाएको हो ।

शनिबार दिउँसो परेको असिना पानीले गहुँ, मकै, जौ, साग लगायत हिउँदेबाली नष्ट गरेको छ ।

खेतमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित छन् । हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको वीरेन्द्रनगर–२ का किसान टेकबहादुर थापाले बताए ।

पाकेको गहुँ भित्राउने बेलामा असिना पानीले सखापै पारिदियो’ थापाले भने, ‘हावाले पनि घरका छत क्षति पुर्‍याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर