इलामवासीलाई रविको आग्रह- तपाईंहरूले दल त्याग्न पर्दैन, परिवर्तनका लागि घण्टीमा भोट हाल्नुस् – Nepal Press

इलामवासीलाई रविको आग्रह- तपाईंहरूले दल त्याग्न पर्दैन, परिवर्तनका लागि घण्टीमा भोट हाल्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले देखेको आशा र आकांक्षालाई पूरा गर्ने शर्तसहित आएकाले घण्टीमा भोट हाल्न सोच्न नपर्ने बताएका छन् ।

इलाम २ को उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेसम्म व्यक्तिले जिते पनि इलामले हारिरहेको भन्दै अब नेतृत्व परिवर्तन गर्न आग्रह गरे ।

उनले भने, ‘अहिलेसम्म व्यक्ति र पार्टीले जित्यो, इलामले सधैं हारिरह्यो । यदि इलामले जित्थ्यो भने इलामवासीले यति धेरै समस्या भोग्नुपर्दैनथ्यो । इलामको समस्याको समाधान गर्न सकिने समय आएको छ । तर, समस्याको समाधान हुन सकिरहेको छैन । त्यसलाई चिर्ने जिम्मेवारी तपाईंको काँधमा आएको छ । त्यसका लागि पहिला नेतृत्व परिवर्तन गर्न आवश्यक छ । परिस्थितिले मिलन लिम्बूमार्फत् पूर्वमा रास्वपाले ढोका खोल्ने मौका पाएको छ ।’

उनले आफ्नो दल त्याग नगरे पनि देश परिवर्तन गर्ने अभियानमा सहयोग गर्न घण्टीमा मत हाल्न आग्रह गरे ।

उपप्रधान एवं गृहमन्त्री रहेका रास्वपा सभापति रविले भने, ‘पार्टीहरुले नेता र उम्मेदवारहरु त दिए । तर, उनीहरुले अवसरलाई व्यक्तिगत लाभलाई प्रयोग गरेर मुलुकलाई हरिकंगाल बनाए । जसले मुलुकको यो हालत बनाए, उनैलाई भोट त म दिन्नँ भन्नुुस् । म स्पष्ट आग्रह गर्छु तपाईंहरुलाई पार्टी त्याग्न पर्दैन, अब घण्टी चुनाव चिन्ह आएको छ, अब सोच्नु पर्दैन ।


प्रतिक्रिया

One thought on “इलामवासीलाई रविको आग्रह- तपाईंहरूले दल त्याग्न पर्दैन, परिवर्तनका लागि घण्टीमा भोट हाल्नुस्

  1. नेपाली राजनीतिक धरातल यौटा प्रयोगशाला मात्र हो भने ठिक छ नत्र ‘सुहांग’ को बिपक्ष्यमा बोल्नु पर्ने कारण छैन !!
    १. जनजातिको छोरा : पहिचान खोज्नेहरुको प्रतिनिधी !! सुझाव छ : प्रदेश १ को नाम “खुवालुंग” राख्नु !!!
    २. युवा : जोस जागर र केहि गरम भन्ने हुटहुटी भएको नागरिक !!
    ३. सिक्षित ब्येक्तित्व : सिक्षित र समाजलाई बुझेको युवा जसले धर्तिको लागि सोच्छ !!
    ४. सुवाष नेम्वांगको जस्तो सालिनता : अहिले संसदमा देखिन्छन नि ठुला ठुला ‘साउण्ड बक्स’ जस्ता पड्किनेहरु : जसको न बोलिको ठेगान छ न भनाइको तुक छ !! तिनको लागि जवाफ हुनेछन : सुहांग !!
    ५. सबै भन्दा महत्वपुर्ण कुरा भनेको : देश कम्जोर भएको छ, कुनै यौटा सक्ति ठुलो वा सानु भएर केही हुन सक्तैन : देश बलियो हुन पर्छ : रास्ट्रीय सक्ति चाहिन्छ त्येशको लागि : देशलाई माया गर्ने एक जुट भएर देशको जरा काट्ने धमिराहरुलाई हटाउनु पर्छ : सुहांग त्यो बाटोमा छन्, त्येही भएर जित्नु पर्छ उनले !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर