आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को आक्रामक सुरुवात, ६ ओभरमा ८७ रन – Nepal Press

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को आक्रामक सुरुवात, ६ ओभरमा ८७ रन

काठमाडौं । टी-२० शृंखलाअन्तर्गत दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले आक्रामक सुरुवात गरेको छ ।

टीयु क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले आक्रामक सुरुवात गरेको हो ।

नेपालले ६ ओभरको खेल सकिँदा १ विकेट गुमाएर ८७ रन बनाएको छ । नेपालका कप्तान विनोद भण्डारी ९ बलमा २५ र देव खनाल १५ बलमा ३० रन बनाएर क्रिजमा छन् ।

ओपनर लोकेश बम १३ बलमा २५ रन बनाएर आउट भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *