करिब १२९ ग्राम सुनसहित २ जना पक्राउ – Nepal Press

करिब १२९ ग्राम सुनसहित २ जना पक्राउ

काठमाडौं। रसुवा नाकाबाट तस्करी गरी भित्र्याएको आशंकामा १ सय २८. ७ ग्राम सुनसहित २ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुनसरीका २६ वर्षीय सुदिप विक र गोरखाका ३९ वर्षीय सोनाम दोर्जे लामालाई पक्राउ गरेको हो ।

काठमाडौंको सुन लिएर आएको सूचनापछि उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता नकुल पोखरेलले जानकारी दिए ।

उनीहरूलाई थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर