सफाइपछि आदिलको प्रतिक्रिया- न्याय मरेको छैन भन्ने महसुस गरेँ – Nepal Press

सफाइपछि आदिलको प्रतिक्रिया- न्याय मरेको छैन भन्ने महसुस गरेँ

काठमाडौं । स्पट फिक्सिङ गरेको अभियोगमा सफाइ पाएका क्रिकेटर आदिल अन्सारीले न्याय मरेको छैन भन्ने महसुस गरेको प्रतिक्रिया दिएका छन् ।

नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङको अभियोग लागेका क्रिकेटर आदिलसहित ५ जनालाई सोमबार जिल्ला अदालत काठमाडौंले सफाइ दिएको थियो ।

सफाइ पाएपछि आदिलले सामाजिक सञ्जालमार्फत न्याय मरेको छैन भन्ने महसुस गरेको बताए । सफाइसँग थप मनोबलका साथ अघि बढ्ने उनले उल्लेख गरेका छन् ।

‘न्याय मरेको छैन भन्ने आज महसुस गरेँ । सम्मानित अदालतले सफाइ दिएसँगै थप मनोबलका साथ अघि बढ्ने साहस आएको छ’, उनले लेखेका छन् ।

उनले आफ्नो पक्षमा लड्ने अधिवक्तालाई धन्यवाद दिएका छन् । ‘परिवार, साथी र शुभचिंतकलाई हृदयबाट धन्यबाद दिँदै मलाई हौसला दिइ न्यायको यात्रामा सहयोग पु्र्याउने आदरणीय वकिल अनिता शर्मालाई धेरै धेरै धन्यवाद’, उनले लेखेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *