इलाम २ मा एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस – Nepal Press

इलाम २ मा एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

विराटनगर । इलाम-२ को रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेबाट ६ जना आकांक्षीको नाम सिफारिस गरिएको छ । इलाम जिल्ला कमिटीले उम्मेदवारको दाबेदारहरूको नाम आज केन्द्रमा पठाएको हो ।

वैशाख १५ गते हुने उपचुनावका लागि उम्मेदवार छनौट गर्न जिल्ला कमिटीका उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कमिटी बनाइएको थियो ।

केन्द्रमा सिफारिस गरिएका नामको सूचीमा दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ, रवीन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल र रिप्पल राई छन् । उम्मेदवारको अन्तिम टुंगो पार्टी केन्द्रले गर्नेछ ।

एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र रिक्त छ । निर्वाचन आयोगले चैत २४ मा मनोनयनको मिति तोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर