फुलहमसँग टोटेनहमको हार, रोचक बन्दै टप चार – Nepal Press

फुलहमसँग टोटेनहमको हार, रोचक बन्दै टप चार

काठमाडौं। इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले हार बेहोरेको छ । हारसँगै टोटेनहमको लिगमा चौथो स्थानमा रहने अभियानमा धक्का लागेको छ ।

इंग्लिस प्रिमियर लिगका टप चार टिमहरु सोझै च्याम्पियन्स लिगको समुहचरणमा पुग्ने भएको कारण पनि टप चारमा रहेर लिग सम्पन्न गर टिमहरुले मरिहत्ते गर्छन् ।

शनिवार घरेलु टोली फुलहमसँग ३–० ले पराजित भएपछि टिम पाँचौ स्थानमा यथावत रहेको छ । बराबर (२८) खेल खेलेको एस्टन भिल्ला ५५ अंकसहित चौथो स्थानमा रहँदा २८ खेलबाट ५३ अङ्क सहित टोटेनहम पाँचौ स्थामा रहेको छ ।

खेलको ४२औं मिनेटमा रोड्रिगो मुनिजले गोल गर्दै फुलहमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

दोश्रो हाफको ४९औं मिनेटमा सासाले गोल गर्दै फुलहमको अग्रता दोब्बर पारे । खेलको ६१औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फुलहमको सानदार जित दिलाए ।

जितसङ्गै फुलहम अंक तालिकाको १२ औं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *