हङकङको संसद तोडफोड गर्नेलाई १२ वर्ष कैद फैसला – Nepal Press

हङकङको संसद तोडफोड गर्नेलाई १२ वर्ष कैद फैसला

काठमाडौं । हङकङको सदनलाई तोडफोड गर्ने १२ जनालाई १२ वर्ष कैद फैसला भएको छ । सन् २०१९ जुलाई १ मा भएको तोडफोडको सजायस्वरुप १२ वर्ष कैद सजाय दिइएको छ ।

घटनामा जोडिएका दुई पत्रकारलाई भने हुलदंगाको कसूरमा नभएर अवैधानिक रुपमा संसदमा छिरेको कसूर चलाइएको छ । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार बेलायतबाट चीनमा हङकङ आएको २२ वर्ष पुगेको अवसरमा भएको विरोधमा तोडफोड भएको थियो ।

तोडफोडपछि हङकङमा राष्ट्रिय सुरक्षा कानून लागू गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर