युक्रेनमा नेटो सैनिक पठाउने फ्रान्सेली प्रस्तावमा फिनल्याण्डको समर्थन – Nepal Press

युक्रेनमा नेटो सैनिक पठाउने फ्रान्सेली प्रस्तावमा फिनल्याण्डको समर्थन

काठमाडौं। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले नेटो सैनिकहरुलाई युक्रेनमा पठाउन राखेको प्रस्तावमा फिनल्याण्डले समर्थन गरेको छ । फिनल्याण्डकी विदेशमन्त्री इलिना भाल्टोनले यस्तो समर्थन सार्वजनिक गरेकी हुन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार भाल्टोनले पोलिटिकोको नेसनल सेक्युरिटी डेलीले यसको प्रथम खबर सार्वजनिक गरेको बताएको छ । नेटो सैनिकहरु युक्रेनमा पठाएर रुससँग प्रतिकार गर्न म्याक्रोनले प्रस्ताव गरेकोमा धेरै नेटो देशहरु असहमत भएका छन् ।

युक्रेनका शरणार्थी लिने तथा रुसविरुद्ध मुखर पोल्याण्ड पनि त्यसको विपरित देखिएको छ । तर, सबैजसो नेटो सदस्यले अस्वीकार गरेको मुद्दामा फिनल्याण्डबाट सकरात्मक प्रतिक्रिया आएको छ ।

फिनल्याण्डकी विदेशमन्त्री भाल्टोनले युक्रेनको अवस्था कस्तो भएको कुनै अड्कल काट्न नसकिने भन्दै यस्तो कुरा बताएकी हुन् । यद्यपि, उनले तत्काल फिनल्याण्डका सैनिकहरु युक्रेन पठाउने कुरामा भने असहमित पोखेकी छन् ।

फिनल्याण्ड नेटोको नयाँ सदस्य देश हो । रुससँग सीमा जोडिएको फिनल्याण्ड सन २०२२ फेबु्रअरी २४ मा रुसको युक्रेनमा सैनिक हमला सुरु भएपछि मात्रै नेटो सदस्य देश भएको हो । सन १९४९ अप्रिल ४ मा स्थापना भएको नेटो अमेरिकी तथा युरोपेली देशहरुको सैन्य गठबन्धन हो । यो गठबन्धनमा हाल ३२ देशहरु सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर