एमालेले भन्यो- सुन तस्करी प्रकरणमा हिजो हामीले उठाएको विषय सही प्रमाणित भयो – Nepal Press

एमालेले भन्यो- सुन तस्करी प्रकरणमा हिजो हामीले उठाएको विषय सही प्रमाणित भयो

प्रमुख सचेतक महेश बर्तौला भन्छन्- हिजो छानबिन आयोग गठन गर्न दबाब दिने ठाउँमा थियौं, अब आयोगको प्रतिवेदन कार्यान्वयन गराउने ठाउँमा छौं

काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनका लागि तत्कालीन समयमा संसदमा दिइएको दबाब र अवरोध सही सावित भएको जनाएको छ ।

पूर्वन्यायाधीश डिल्लीराम आचार्य नेतृत्वको छानबिन आयोगले सीआईबीको अनुसन्धानमा गम्भीर लापरवाही देखाउँदै विभागीय कारबाहीको सिफारिस गरेको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले छानबिन आयोगमार्फत तस्करीको अनुसन्धान गर्न त्यसबेला आफूहरूले उठाएको विषय अहिले आएर सही प्रमाणित भएको बताए ।

नेपाल प्रेससँग कुरा गर्दै बर्तौलाले भने, ‘हामीले त्यसबेला राज्यको उच्च पदस्थ व्यक्तिको संलग्नताविना त्यति ठूलो अपराध हुनै सक्दैन भनेर आयोगको माग गरेका थियौं । हाम्रो मागमा त्यसबेला निकै विवाद र वहस भयो तर अहिले आएर आयोगले जे प्रतिवेदन दियो त्यसले एमालेको आशंका सही रहेछ भन्ने पुष्टि भयो । हिजो हामी आयोग माग गर्ने ठाउँमा थियौं, अब त्यसलाई कार्यान्वयन गर्ने ठाउँमा आइपुगेका छौं ।’

प्रमुख सचेतक बर्तौलाले छानबिन आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लगेर विभागीय कारबाही गर्नुपर्नेलाई गर्ने र दोषी ठहर भएकालाई मुद्दा चलाउने प्रक्रियामा जानुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर