दुईपटक मिर्गौला प्रत्यारोपण गरेका केपी ओलीको आग्रहः डायलाइसिस निकै कष्टकर छ, मिर्गौला जोगाउन थालौं – Nepal Press

दुईपटक मिर्गौला प्रत्यारोपण गरेका केपी ओलीको आग्रहः डायलाइसिस निकै कष्टकर छ, मिर्गौला जोगाउन थालौं

काठमाडौं ।दुईपटक मृगौला प्रत्यारोपण गरेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला जोगाउन सार्वजनिक अपील गरेका छन् ।

विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार बिहानै उनले सामाजिक सन्जाल मिर्गौला दिवससँग आफ्नो भावनात्मक अनुभूति रहेको जनाउँदै यसलाई जोगाउन आग्रह गरेका हुन् ।

उनले लेखेका छन्,‘मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु।हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ। प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ।’

उनले भनेका छन्‘ हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौं। मिर्गौला जोगाउन हामी आफैं सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *