एमाले रोल्पाको नेतृत्वका लागि मतदान सुरु, अध्यक्षमा आचार्य र घर्ती भिड्दै – Nepal Press

एमाले रोल्पाको नेतृत्वका लागि मतदान सुरु, अध्यक्षमा आचार्य र घर्ती भिड्दै

दाङ । नेकपा एमाले रोल्पाको नयाँ नेतृत्व छनोटका लागि निर्वाचन सुरु भएको छ । मंगलबार सुरू भएको सातौं अधिवेशनमा नयाँ नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन गर्न परेको हो ।

अध्यक्षमा अमृत घर्ती र घनश्याम आचार्यको उम्मेदवारी परेको छ । अध्यक्षका दावेदार घर्ती निवर्तमान जिल्ला सचिव र आचार्य निवर्तमान प्रदेश कमिटी सदस्य हुन् ।

उपाध्यक्षमा विजयकुमार घर्तीमगर सर्वसम्मत भएको प्रदेश प्रचार विभाग सदस्य धनबहादुर बस्नेतले जानकारी दिए । सचिवमा ठाकुरप्रसाद वली, कमल बुढाथोकी र नेपबहादुर थापा, उपसचिवमा प्रेमराज बुढा र बमहादुर पुन मगर, महिला उपसचिवमा कृष्णीकुमारी गौतम, रमिता डाँगी र तारा सेन चुनावी मैदानमा छन् ।

त्यसैगरी ७० सदस्यका लागि ७४ जनाको उम्मेदवारी परेको छ । अधिवेशनमा ३८१ प्रतिनिधि सहभागी छन् ।

रोल्पामा भएका पाँच केन्द्रीय नेता पोलिटब्युरो सदस्य गोकुल घर्ती, कुमार दशौंदी, नवीन रोका मगर, यमुना रोका तामाङ घर्तीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिएका छन् भने । केन्द्रीय सदस्य ईश्वरी जीएम आचार्यलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर