प्रदीप ज्ञवालीको व्यङ्ग्य- द्वन्द्वले रोल्पालाई सुनैसुनको घर दियो – Nepal Press

प्रदीप ज्ञवालीको व्यङ्ग्य- द्वन्द्वले रोल्पालाई सुनैसुनको घर दियो

रोल्पा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझाएका छन् ।

एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न लिबाङ पुगेका ज्ञवालीले दश वर्ष चलेको द्वन्द्वले विकास गर्‍यो कि विनाश गर्‍यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई सुझाएका हुन् ।

‘दश वर्षसम्म चलेको द्वन्द्वले क्रान्ति सफल गरेन,’ उपमहासचिव ज्ञवालीले भने, ‘जनताको अवस्था फेरिएन । नेताको मात्रै जीवन स्तर उकासियो ।’

उनले क्रान्तिको सपना देखाएर जनतालाई ढाँटिएको भन्दै रोल्पाली जनता भ्रममा पर्न नहुने बताए । सुन तस्करीको प्रसङ्ग कोट्याउँदै उपमहासचिव ज्ञवालीले द्वन्द्वबाट स्थापित भएका नेता र उनका छोराहरू सुन तस्करीमा जोडिनु यहाँका जनताका सपनामाथि कुठाराघात भएको टिप्पणी गरे ।

‘दश वर्ष द्वन्द्व के नेता र नेताका छोराले सुन तस्करीको लाइन मिलाउन थियो’, उनले भने, ‘द्वन्द्वले रोल्पालाई के दियो भन्दा सुनैसुनका घर दियो भनेर व्यङ्ग्य गर्ने बेला आयो । यो विडम्बना हो ।’

एमाले सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले अहिलेको गठबन्धन विदेशीको इशारामा नभएको बताइन । काँग्रेस-माओवादी गठबन्धनले मुलुक चौपट भएकाले देशको संवृद्धिका लागि एमाले र माओवादीको गठबन्धन बनेको बताइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर