मधेसमा एमाले नेतृत्वको आवश्यकता औंल्याउँदै झा भन्छन्- जसपा सरकारको भ्रष्टाचारले जनता आजित भए – Nepal Press

मधेसमा एमाले नेतृत्वको आवश्यकता औंल्याउँदै झा भन्छन्- जसपा सरकारको भ्रष्टाचारले जनता आजित भए

जनकपुरधाम । नेकपा एमालेका केन्द्रीय सदस्य सञ्जीव झा ‘सुरज’ ले मधेस प्रदेशको ६ वर्षदेखि नेतृत्व गरिरहेको जसपामाथि भ्रष्टाचारको आरोप लगाएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै उनले जसपा सरकारको भ्रष्टाचारले जनता आजित र निराश बनेको टिप्पणी गरे । एमाले प्रदेशमा पहिलो पार्टी रहेको र जनता पनि एमालेको नेतृत्व खोजेको भन्दै मुख्यमन्त्री एमालेले पाउनुपर्ने उनको दाबी छ ।

आइतबारमात्रै एमाले प्रदेश कमिटीले मधेस सरकारको नेतृत्वका लागि दाबी गर्ने निर्णय गरेको थियो ।

केन्द्रमा बनेको नयाँ सत्ता समीकरणअनुसार मधेस सरकार पुनर्गठन हुन सकेको छैन । कांग्रेस र लोसपाका मन्त्री राजीनामा नदिने बताएका छन् । एमालेले सरकार पुनर्गठनमा दबाब बढाइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर