एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित – Nepal Press

एमाले गोरखाको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित

पोखरा । नेकपा एमाले जिल्ला कमिटी गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । एमाले गोरखाको आठौं अधिवेशनबाट कृष्ण बहादुर नेपालीलाई ७५ मत पराजित गर्दै थापा अध्यक्ष निर्वाचित भएका हुन् । थापाको २८० पाउँदा नेपालीको २०५ मत पाए ।

मेन बहादुर अधिकारी उपाध्यक्ष र काजीराम रोका सचिव निर्वाचित भए । विजयी अधिकारीले २७० मत पाउँदा पराजित कमल दानीले १२१ र कृष्ण काप्रीले ७१ मत पाए । सचिवमा रोकाले ३५३ मत ल्याएर विजयी हुँदा उपेन्द्र देवकोटाले १०५ मत ल्याए ।

उपसचिव खुलातर्फ मनोज कुमार जोशी र महिलातर्फ शान्ता चापागाईँ विजयी भए । जोशीले २६५ मत ल्याएर विजयी हुँदा विष्णु पन्तले ११४ र सञ्चित श्रेष्ठले ६७ मत प्राप्त गरे ।

चापागाईँ ३२० मत पाएर विजयी हुँदा नानु थापा मगरले १५० मत प्राप्त गरिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर