एमाले सिध्याउने गठबन्धन टुट्यो, नयाँ गठबन्धन मिसन-२०८४ का लागि उपयोग गर्छौं : ईश्वर पोखरेल (भिडिओ) – Nepal Press

एमाले सिध्याउने गठबन्धन टुट्यो, नयाँ गठबन्धन मिसन-२०८४ का लागि उपयोग गर्छौं : ईश्वर पोखरेल (भिडिओ)

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समीकरणले पार्टी सिध्याउने अभियान टुटेको दाबी गरेका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले देश भित्र र बाहिरका केही शक्तिहरूले एमाले सिध्याउने प्रयोजनका लागि बनाएको काँग्रेस नेतृत्वको आपराधिक गठबन्धन टुटाएर नयाँ समीकरण बनाउन आफूहरू सफल भएकाले यसलाई सकारात्मक रूपमा लिएको पनि बताए ।

शनिवार पार्टीको काठमाडौं महानगरपालिका वडा नम्बर ५ को १२ औँ अधिवेशनमा बोल्दै उहाँले नयाँ सत्ता समीकरणलाई पनि मिसन–२०८४ पूरा गर्न सहयोगीको रूपमा प्रयोग गर्ने योजना समेत सार्वजनिक गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ सालको निर्वाचनमा पार्टीलाई एक्लै बहुमतमा पुर्‍याउने लक्ष्यसहित अघि बढाएको मिसन २०८४ जारी रहने र त्यस अभियानलाई सहयोग गर्न सरकार र सत्तारुढ गठबन्धनलाई पनि उपयोगमा ल्याउने पार्टीको योजना रहेको बताए ।

उनले नयाँ सत्ता समीकरणमार्फत् मुलुकको बेथितितर्फ गइरहेको राजनीतिलाई सही दिशामा ल्याउन सक्दो कोशिस गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि भ्रष्टाचारविरोधी अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर