एमालेको सचिवालय बैठक शुक्रबार बिहान बस्दै – Nepal Press

एमालेको सचिवालय बैठक शुक्रबार बिहान बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न नेकपा एमालेकोे सचिवालय बैठक भोलि बिहान बस्ने भएको छ । नयाँ गठबन्धन बनेर पार्टी सरकारमा गएपछि त्यसको समीक्षा तथा आगामी कार्ययोजना बनाउन अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका हुन् ।

शुक्रबार बिहान ९ बजे सचिवालयको बैठक बस्न लागेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । बैठकमा पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा प्रवेश भएका विषयमा छलफल हुने मुख्य एजेण्डा रहेको नेता ज्ञवालीले जनाएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर