सामाजिक एकताका साथ अघि बढ्नुपर्छ : ओली (भिडिओ) – Nepal Press

सामाजिक एकताका साथ अघि बढ्नुपर्छ : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक एकताका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

बुधबार बागलुङको सर्वसिद्विधाम पन्चकोटमा चलिरहेको अनन्तश्री ब्रम्हाण्डीय महायज्ञमा पुगेर ओलीले यस्तो बताएका हुन् । उनले ब्रह्माण्डीय महायज्ञ मानव जातीको कल्याणको लागि भएको भन्दै प्रसंसा गरे ।

१० वर्ष अघि आफू पन्चकोटमा आएको कुरा स्मरण गर्दै उहाले आफु प्रधानमन्त्री हुदा पन्चकोटको लागि सहयोग गर्न नसकेको बताए । उनले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा आफुले अगाडि सारेको र अहिले स्वामीले सारा जगत लाइ समृद्ध बनाउने नारा ल्याएको भन्दै खुशी व्यक्त गरे ।

उनले नेपालमा धेरै धर्म संस्कृति मान्नेहरु भएपनि धर्मको नाममा सद्भाव कायमै राख्न सफल भएको उल्लेख गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर