चंखेली गाउँपालिकाका पूर्वअध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा – Nepal Press

चंखेली गाउँपालिकाका पूर्वअध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका पूर्वअध्यक्ष धनलाल चौलागाईसहित ८ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले मंगलबार गाउँपालिकाकै वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष सालीग्राम ऐडी, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर, असिस्टेन्ट सव-इन्जिनियर अजबहादुर बुढासँगै उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बुढा र सचिव हंशबहादुर ऐडीसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

गाउँपालिकाको वडा नम्बर ३ मा मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा आर्थिक वर्ष २०७४-०७५ मा १० लाख २९ हजार ३२५ रूपैयाँ बराबर अनियमितता तथा भ्रष्टाचार गरेको अभियोगमा कैद तथा सजायको मागसहित मुद्दा दायर गरिएको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर