पश्चिमा देशको एकता भाँड्न जर्मनीले अडियो रेकर्ड रुसलाई दिएको अमेरिकी आरोप – Nepal Press

पश्चिमा देशको एकता भाँड्न जर्मनीले अडियो रेकर्ड रुसलाई दिएको अमेरिकी आरोप

काठमाडौं । पश्चिमा देशहरूको एकता भाँड्नलाई जर्मनीले रुसलाई गोप्य अडियो दिएको अमेरिकाले आरोप लाएको छ । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार सोमबार अमेरिकी ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले यस्तो आरोप लाएका हुन् ।

पश्चिमा देशहरूको एकता भाँड्न रुसले चाहिरहेको बेला गोप्य अडियो सार्वजनिक गरिएको भन्दै अमेरिका रिसाएको छ । गत शुक्रवार रुसी सरकारी विश्व च्यानल आरटीकि प्रमुख मार्गरिता सिमोन्यानलले ३८ मिनेटको अडियो सार्वजनिक गरेकी थिइन ।

अडिओमा क्राइमियाको पुल भत्काउने बारेमा जर्मनीका सुरक्षा अधिकारी र उनका तीन कनिष्ठ अधिकारीहरूको संवाद छ । जर्मनीले अडियो संवाद सत्य भएको बताएको छ । शुक्रवार सार्वजनिक भएको अडिओको प्रतिक्रिया अमेरिकाले सोमबार मात्रै दिएको छ ।

उसले प्रतिक्रियामा रुसले पश्चिमा देशहरूमा भाँडभैलो चाहेको र त्यसमा सहयोग गर्न जर्मनीले अडियो लिक गरेको संकेत गरेको छ । जर्मनीले अडियो कसले सार्वजनिक गरेको हो भन्ने बारेमा अनुसन्धान भएको बताएको छ ।

जर्मनीका हवाई सुरक्षा प्रमुखको अडियो सार्वजनिक भएसँगै रुसले जर्मनीको कडा आलोचना गरेको छ । रुसले युक्रेन युद्ध युक्रेनसँग मात्रै नभएर नेटो देशहरूसँग भएको आफ्नो तर्क बलियो बनाउन अडिओलाई आधार बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर