नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने – Nepal Press

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको हो। त्रिवि क्रिकेट मैदानमा नेपाली समयअनुसार साढे ११ बजे खेल सुरु हुने छ।

लिग चरणमा नेदरल्यान्ड्स विजेता र नेपाल उपविजेता बन्दै फाइनल पुगेका हुन्। अन्तिम खेलमा नेदरल्यान्ड्सलाई नै हराएर नेपालले फाइनलमा स्थान बनाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर