टेरामक्समा सबैको बयान लिइसकेको अख्तियार प्रमुखको दाबी, अनुसन्धान अन्तिम चरणमा (भिडिओ) – Nepal Press

टेरामक्समा सबैको बयान लिइसकेको अख्तियार प्रमुखको दाबी, अनुसन्धान अन्तिम चरणमा (भिडिओ)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईले टेरामक्स प्रकरणको अध्ययन अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन् ।

मङ्गलवार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा राईले टेरामक्स प्रकरणमा बयान लिने काम सकिएको र अध्ययन अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । टेरामक्स प्रकरणमा तथ्य र प्रमाणलाई केलाउने काम भइरहेको उनको भनाइ छ ।

त्यस्तै उनले वाइडबडी खरिद प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको जानकारी दिए । अन्तर्राष्ट्रिय स्तरबाट सूचना ल्याउन कठिन भइरहेको र दुईपक्षीय सम्झौता नभई सूचना दिन नसक्ने जवाफ आएकाले सरकारले यसमा ध्यान दिनुपर्ने उनले बताए ।

राईले सेक्युरिटी प्रेसको टेप प्रकरणको पनि अनुसन्धान भइरहेको भन्दै पोख्त प्रमाण र आधार नभएसम्म कसैलाई दोषी ठहर गर्न नहुने जिकिर गरे ।

अख्तियारका प्रमुख आयुक्त राईले अहिले सबै भन्दा बढी भ्रष्टाचार आइटी क्षेत्रमा देखिएकाले सुधारका लागि सरकारलाई १० बुँदे सुझाव दिएको जानकारी दिए ।

सार्वजनिक जग्गाको हिनामिना गर्ने प्रवृत्ति बढ्दो रहेको देखिएको भन्दै अख्तियारमा प्राप्त उजुरीलाई हेर्दा यसको रफ्तार बढ्दै गएको पाइएको उनले बताए ।

राईले चमेलिया, रामग्राम जग्गा लिज प्रकरण लगायतका विषयमा अध्ययन भइरहेको बताए । उनले गतवर्ष २८ हजार उजुरी परेकोमा ६५ प्रतिशत फर्छयौट भएको र अहिले पनि त्यही हाराहारीमा पुग्ने गरी उजुरी आइरहेको जानकारी दिए ।

सूचना प्रविधिको खरिद तथा विस्तारमा अख्तियारले देखेको भ्रष्टाचार

यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधिसँग सम्बन्धित बस्तु तथा सेवा खरिद र विकास गर्ने कार्यमा भ्रष्टाचार बढेको भन्दै सम्बद्ध निकायलाई १० बुँदे निर्देशन पठाएको छ ।

गत माघ २५ गते नै अख्तियार विज्ञप्तिमार्फत सूचना प्रविधि सम्बन्धी सेवा र बस्तु खरिदमा व्यापक भ्रष्टाचार भएको देखिएको भन्दै १० वटा निर्देशन पठाएको थियो ।

यस्तो छ १० बुँदे निर्देशन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर