अध्यक्षका आकांक्षी आईसीयुमा हुँदा अखिल मकवानपुरमा एकपक्षीय कमिटी घोषणा – Nepal Press

अध्यक्षका आकांक्षी आईसीयुमा हुँदा अखिल मकवानपुरमा एकपक्षीय कमिटी घोषणा

हेटौँडा । नेकपा एमाले निकट अहिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मकवानपुरको २८ औं अधिवेशन विवादित बनेको छ । जिल्ला अधिवेशनमा आएका बहुमत प्रतिनिधिको मागलाई वेवास्ता गर्दै अध्यक्षका एकजना प्रत्यासी विरामी भएर हेटौँडा अस्पतालमा भर्ना हुँदा अर्को पक्षले एकलौटी ढंगले कमिटि गठन गरेर हिँडेपछि अखिल मकवानपुरमा भाँडभैलो भएको हो ।

शुक्रबार अधिवेशन स्थलमा अध्यक्षका आकांक्षी समेत रहेका पुष्कर तिमिल्सिना चर्को विवाद भएपछि उनि ढलेका थिए । उनि अस्वस्थ भएपछि उनलाई उपचारको लागि अस्पताल लगिएको समयमा एकपक्षीय रुपमा कमिटि गठन अध्यक्ष मण्डलले अधिवेशनबाट अमृत बर्तौलाको अध्यक्षतामा १० पदाधिकारीसहित ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको घोषणा गर्दा उपस्थित अधिकांश प्रतिनिधिले “वि वान इलेक्सन”को नाराबाजी गरेका थिए ।

तर अध्यक्षमण्डलले प्रतिनिधिहरुको भावनाको कदर नगरी अध्यक्षका आकंक्षी समेत रहेका तिमल्सीनालाई उपाध्यक्षमा राख्दै कमिटि घोषणा गरेपछि विवाद बढेको हो । ।

अध्यक्ष मण्डलका अध्यक्ष एवम् अनेरास्ववियु बागमती प्रदेश अध्यक्ष लालबहादुर बुढाथोकीले बर्तौलाको अध्यक्षतामा पदाधिकारी समित ५१ सदस्यीय कमिटी घोषणा गरेपछि हलमा केहिबेर तनाबको अवस्था सृजना भएको थियो ।

कमिटी घोषणा गरेको विरोधमा केही प्रतिनिधिहरुले अधिवेशनस्थलमा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, स्थायी कमिटी सदस्य तथा मकवानपुर जिल्ला इञ्चार्ज देवी ज्ञवाली, विद्यार्थी इञ्चार्ज किशोरबिक्रम मल्ल लगाएतको नेताहरु समेत उपस्थित थिए । आफ्ना अग्रज नेताहरुकै अगाडी बहुमत प्रतिनिधिहरुले निर्वाचनको माग गरिरहँदा नेतागण भने चुपचाप बसेका देखिन्थे ।

विद्यार्थीहरुले निर्वाचन मार्फत पदाधिकारी चयनको माग गर्दा समेत अध्यक्षमण्डलले एकतर्फि रुपमा पदाधिकारी सहितको टिम घोषणा गरेर मकवानपुरले अखिललाई समस्यामा पारेको अनेरास्ववियु केन्द्रीय सदस्य विशाल पौडेलले बताए ।

अनेरास्ववियुको मकवानपुरको अधिवेशनको भएको कारण अध्यक्षमण्डल पनि मकवानपुरे नेतानै हुनुपर्ने माग तिमल्सिना पक्षधरको रहेको थिए । उनिहरुले एमाले मकवानपुरको नेता फुर्वादेर्जे लामालाई अध्यक्ष मण्डलको जिम्मेवारी दिनुपर्ने, निश्पक्ष निर्वाचन गर्नुपर्ने माग अघि सारेका थिए । विद्यार्थी इन्चार्ज समेत रहेका लामालाई अध्यक्ष मण्डलको अध्यक्ष बनाउँदा अधिवेशन विवादित नहुने उनिहरुको तर्क थियो तर अनेरास्ववियुका बागमती प्रदेश अध्यक्षलाई अध्यक्षमण्डलको अध्यक्ष बनाइपछि बिबादले उग्र रुप लिएको हो ।

अध्यक्ष मण्डलले एकपक्षिय रुपमा कमिटि गठन गरेको र बहुमत प्रतिनिधिहरुको भावना विपरित काम गरेको भन्दै अनेरास्ववियुका स्थायी कमिटि सदस्य एवम् बागमती प्रदेश सह–इन्चार्ज किसन घिसिङले बहुमत प्रतिनिधिको हस्ताक्षर सहित केन्द्रीय कमिटिमा जानकारी गराउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर